नेकपा सचिवालय बैठक मंसिर ३ गते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको शुक्रवार बसेको बैठकले पार्टीभित्रको सङ्कट, समस्या र समाधानका उपायका साथ कसरी अगाडी बढ्ने सम्बन्धमा आगामी बैठकका लागि एजेन्डा तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामिलामा देखिएको समस्यामा छलफल हुने एजेन्डा तय गरेको बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा गत शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका ५ सदस्यले प्रधानमन्त्रीलाई दिएको पत्र, त्यसपछि प्रधानमन्त्रीले प्रचण्डलाई दिनुभएको पत्र र फेरि कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई लेखेको पत्र समेत पेस भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टीभित्रको समस्या समाधानका लागि विभिन्न पत्र र विषयहरूमा थप अध्ययन गरी पार्टीभित्रको विवाद समाधान गर्न आगामी मङ्सिर ३ गते नेकपा सचिवालयको अर्को बैठक बस्ने र छलफल हुने बताउनुभयो । –रासस


ताजा खबर