सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले राप्रपाबाट केही महिनाअघिमात्रै प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापालाई सहमहामन्त्री मनोनयन गरेको छ ।

पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो । थापासहित राप्रपाबाट प्रवेश गरेका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टिएन योगीलाई केन्द्रीय सदस्य र दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ ।

बैठकले प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा मोहनप्रसाद पाण्डेलाई मनोनयन गरेको छ । समानुपातिक सूचीमा उहाँ खस आर्य समूहमा केसी पछाडि हुनुहुन्थ्यो ।

बैठकले पार्टीको क्रियाशील सदस्यता मंसिर मसान्तसम्म केन्द्रमा पठाउन निर्देशन दिएको छ । –रासस


ताजा खबर