राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ को लोकार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा आज ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण गर्नुभएको छ ।    

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

दूतावासले विपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा प्रकाशन गरेको पुस्तकले गान्धीका बारेमा पहिलो पटक नेपाली दृष्टिकोणलाई सङ्कलन गरेको छ ।

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वको विचारलाई पुस्तकमा समावेश गरिएको छ । प्रकाशनले नेपालका युवालाई महात्मा गान्धीबारे अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।  

 –रासस


ताजा खबर