कोरोनाका कारण पाकिस्तानका ११ अदालत शिलवन्दी

न्यायाधीश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनुभएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गर्नुभएको हो ।

देशभर रहेका ७० अदालतमध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुने गरी बन्द गरिएको उहाँले जानकारी दिनुभयो । ती अदालतहरु जिल्ला तथा शुरु तहका अदालतहरु पनि छन् ।
बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधीश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिनुभयो । पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या तीन लाख ३२ हजार १८६  छ ।

त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । –एएनआई


ताजा खबर