३८,५८४ कोरोनाका सक्रिय संक्रमित : १७ जनाको मृत्यु

कोरोना भाइरसबाट आज थप २ हजार ५ सय ८ जना संक्रमित भएका छन् ।

आज ९ हजार २ सय ७९ वटा नमूनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा ९ सय ७६ जना महिला तथा १ हजार ५ सय ३२ जना पुरुष गरी जम्मा २ हजार ५ सय ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कूल संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

आज काठमाडौँ उपत्यकामा मात्रै ५ सय ६९ जना महिला र ७ सय ८८ जना पुरुष गरी जम्मा १ हजार ३ सय ५७ जना संक्रमित थपिएका छन् ।

कोरोना सङ्क्रमणको केन्द्र बन्दै गएको काठमाडौँ उपत्यकामा मात्रै आज सम्म ७६ हजार ३ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज २ हजार २ सय ६४ जना थपिएसँगै हालसम्म सङ्क्रमण मुक्त हुनेको कूल संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।

हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत रहेको छ ।

यस्तै कोरोना भाइरसबाट आज थप १७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ सय ३७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशभरी गरी जम्मा ३८ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा तथा अन्य संक्रमितहरु अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर