उपत्यकाका १,५३५ सहित २,८५६ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २८५६ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२३११ जनाको पीसीआर परीक्षण गर्दा २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १५३५ जना संक्रमित भएका छन् । काठमाडौंमा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जना संक्रमित थपिएका छन् र

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ३३३६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये ७०.६ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १११६७० रहेको छ ।


ताजा खबर