उपत्यकाका ८९४ सहित थप १७४१ जनामा कोरोना पुष्टि

नेपालमा कोरोनाभाइरसका एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७४१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५९ हजार ८३० पुगेको छ । हाल ४३ ह्जार २९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार पाँच जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख १५ हजार ६७५ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।


ताजा खबर