प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दसैंको टीका ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिनु भएको हो । त्यसबखत प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दसैंको टीका र जमराको माला ग्रहण गर्नुभयो ।

प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहनुभएकोले प्रधानमन्त्री ओलीले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दसैंको टीका लगाइदिनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सामूहिक टीकाको कार्यक्रम भने रद्द गर्नुभएको छ । –रासस


ताजा खबर