आइपिएलः चेन्नइ मुम्बई सँग १० विकेटले पराजित

इन्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किङस मुम्बइ इन्डियनसँग १० विकेटले पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नइ ३ रनमा ४ विकेटको स्थितिबाट सम्हालिदै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रनमा समेटिएको थियो ।

११५ रनको विजय लक्ष्य लिएर ब्याटिङमा उत्रिएको क्याप्टेन रोहित शर्मा बिनाको मुम्बइले १२ दशमलब २ ओभरमा बिना विकेट लक्ष्य पार गरेपछि यो जित मुम्बइको हातमा गएको हो ।

यो जीतसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिन सफल मुब्इका बलर ट्रेन्ट वोल्ट म्यान अफ दि म्याच घोषित भए ।

यसैबीच , आज साँझ दईइ खेल हुदैछन् । पहिलो खेल संदिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र कोलकोता नाइटराइडर्स बिच हुँदैछ भने दोस्रो खेल किङस इलेभेन पंजाब र सनराइजर्स हैदरावाद बिच हुँदैछ ।

यी खेलहरु क्रमश आबुदाबीको शेख जायद रंगशाला र दुबइ इन्टरनेशनल स्टेडियममा हुँदैछ ।


ताजा खबर