स्वास्थ्य मन्त्रालयले बडादशैँका पाँच दिन प्रेस बिफ्रिङ नगर्ने

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना भाइरसको प्रेस ब्रिफिङ पाँच दिनलाई स्थगित गरेको छ ।

बडादशैँका कारण अब कात्तिक १२ गतेबाट मात्रै नियमित प्रेस ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यसअबधिका कोरोनासम्बन्धी सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरिने उनले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले २५६ दिनदेखि अपराह्न ४:१५ बजे कोरोनासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो ।


ताजा खबर