आइपीएल: हैदरावादले राजस्थानलाई ८ विकेटले हरायो

इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । जितसँगै हैदरावादले प्रतियोगितामा आफुलाई टिकाइराख्न सफल भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

राजस्थानको ओपनिङ जोडी रविन उथप्पा र वेनस्टोक्सले पहिलो विकेटको रुपमा ३० रनको साझेदारी गरेका थिए । उथप्पा व्यक्तिगत १९ रन बनाएर आउट भए । उनले १३ बल फेस गर्दा २ चौका र एक छक्का प्रहार गरे । त्यसपछि स्टोक्स र सन्जु सामसनले राजस्थानको पारि अघि बढाए । सामसन व्यक्तिगत ३६ रन बनाएर आउट हुँदा राजस्थानको स्कोर २–८६ भएको थियो ।

सामसनले २६ बल खेल्दा तीन चौका र एक छक्का प्रहार गरे । सोही स्कोरमा बेन स्टोक्सर आउट भएपछि राजस्थानको स्कोर ३–८६ भयो । स्टोक्सले ३२ बलमा ३० रन बनाएर पभेलियनको बाटो लागे । उनले दुई चौका मात्र प्रहार गरे ।

जोस बटलर र कप्तान स्टिभ स्मिथले राजस्थाको स्कोर १०० पार गराए । टिमको स्कोर ११० हुँदा बटलर आउट हुन पुगे । बटलर ९ रन बनाएर आउट भएका हुन् ।

पाँचौं विकेटको रुपमा कप्तान स्मिथ पनि बाटो लागे । स्मिथ व्यक्तिगत १९ रनका साथ क्रिजबाट विदा भए । १५ बल खेल्दा स्मिथले दुई चौका प्रहार गरे । रियान परागले भने २० रनको योगदान गरे । १२ बल खेल्दा परागले दुई चौका र एक छक्का प्रहार गरे । जोफ्रा आर्चर १६ रनमा नट आउट रहँदा राहलु टेवटियाले २ रनमा अभिजित रहे । आर्चले ७ बलमा एक चौका र एक छक्का प्रहार गरेका थिए । हैदरावादका लागि जेशन होल्डरले तीन विकेट लिए ।

जवाफमा हैदरावादले १८ ओभर एक बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । खराव सुरुवात गरेको हैदरावादले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि १६ रनमा दोस्रो विकेट खेर फालेको हैदरावादलाई मनिश पाण्डे र विजय शंकरले जित दिलाए ।

तेस्रो विकेटका लागि यी दुई खेलाडीले शतकीय साझेदारी गरे । जसमा मनिशले अविजित ८३ रन बनाए भने विजय शंकरले अविजीत ५२ रनको योगदान गरे ।

बलिङमा राजस्थानका जोर्फा आर्चरले दुई विकेट लिए । यो जितसँगै हैदरावादको १० खेलमा ८ अंक भएको छ । उसले पञ्जावलाई पछि पार्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । ‍-एएनआई


ताजा खबर