उपत्यकामा १,५५२ सहित ३,६३७ मा कोरोना पुष्टि

उपत्यकामा आज थप एक हजार ५५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार ५५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरूमा काठमाडौँमा एक हजार र्दु सय ८३ जना, ललितपुरमा एक सय ५७ जना, र भक्तपुरमा एक सय १२ जना गरी आज उपत्यकामा थप एक हजार ५५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसै गरी आज देशभर तीन हजार ६३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४८ हजार ५०९ पुगेको छ ।

त्यस्तै आज देशभर आज तीन हजार २१५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख दुई हजार ८२० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा कोरोना सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको छ यो सँगै मृतकको कूल सख्या ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।


ताजा खबर