ज्याकमा बने चीनका सबै भन्दा धनी उद्योगपति

कोरोना भाइरस महामारीबीच पनि चीनको सबै भन्दा धनी उद्योगपति ज्याकमाको सम्पति तीब्र रुपमा बृद्धि भएको छ । ई–कमर्स क्षेत्रको दिग्गज कम्पनी ‘अलीबाबा’का संस्थापक ज्याकमा यो वर्ष पनि चीनको सबै भन्दा धनी उद्योगपति बन्न सफल भएका छन् । 

मंगलबार (हिजो) जारी गरिएको एक सर्वेक्षणमा भनिएको छ कि कोरोना महामारीको समयमा पनि अनलाइन सपिङ र अन्य सेवाहरुको माग तीब्र रुपमा बढेपछि इन्टरनेटसँग जोडिएका उद्योगीहरुको सम्पती तीब्र रुपमा बढेको छ ।

हुरुन रिसर्च इन्स्टिच्युटको एक रिपोर्ट अनुसार यो वर्ष ज्याकमाको सम्पति २०१९ को तुलनामा ४५ प्रतिशत बढेर ५८.८ अर्ब अमेरिकी डलर पुगेको छ । हुरुनले विश्वरभरको अर्बपतिहरुको सूची तयार गर्दै आएको छ ।

सर्वेक्षणका अनुसार लोकप्रिय विच्याट म्यासेजिङ सेवाको परिचालन गर्ने टेन्सेन्टको संस्थापक मा हुआतेङ्ग ५७.४ अर्ब अमेरिकी डलर सम्पतिको साथमा दोस्रो धनी ब्यक्ति बनेका छन् । पछिल्लो वर्षको तुलनामा उनको सम्पति ५० प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, बोतलबन्द पानी ब्राण्ड नोंगफु स्प्रिङको चेयरम्यान झोंग शानशान ५३.७ अमेरिकी डलर सम्पतिको साथमा तेस्रो धनी ब्यक्तिको सूचीमा सूचीकृत भएका छन् । – सिन्ह्वा


ताजा खबर