नेकपा सांसदको दसैं भत्ता कोरोना नियन्त्रण कोषमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि संघीय सांसदहरुलाई दिएको दसैं भत्ता नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

संघीय संसदका आफ्ना २ सय २० सांसदका लागि प्राप्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । ‘कोरोना महामारीका कारण देश गम्भीर आर्थिक संकटमा रहेकाले यसपटकको दसैं भत्ता सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेका छौं,’ नेम्वाङले सफल नेपाल डट कमसँग भन्नुभयो ।

जनस्तरबाट सांसदहरुले कानूनविपरीत भत्ता लिएको भन्दै आलोचना भएपछि नेपाली कांग्रेसले पनि फिर्ता लिएको छ । कांग्रेसले पनि उक्त रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।


ताजा खबर