उपत्यकाका १७४६ सहित ३१६७ जनामा कोरोना पुष्टि

आज काठमाडौ उपत्यकामा एक हजार ७ सय ४६ सहित देशभर ३ हजार एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफ्रिङमा मन्त्रालयको प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ४ सय ३८ जनामा रियल टाईम पिसिआर परिक्षण गर्दा ३ हजा एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै आज काठमाडौमा एक हजार ४ सय ५१, ललितपुरमा एक सय ५२ र ललितपुरमा एक सय ४३ सहित काठमाडौ उपत्यकामा एक हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्राध्यापक डा. गौतमले जानकारी दिनुभयो ।

यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको कूल संख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ ।

यस्तै मन्त्रालयको हालसम्मको तथ्याँक अनुसार देशभरका कोरोना संक्रमितहरु मध्ये काठमाडौ जिल्लामा सवैभन्दा धेरै संख्यामा कोरोना संक्रमित भेटिएका छन । मन्त्रालयका अनुसार काठमाडौमा ४१ हजार ८ सय १४ जना अर्थात कूल संक्रमितको ३२ प्रतिशत संक्रमित रहेका छन् । जसमध्ये हालसम्म २६ हजार ७ सय पुरुष र १५ हजार एक सय १४ महिला संक्रमित भएका छन् ।

यस्तै ललितपुरमा ५ हजार ९ सय २९ जना र भक्तपुरमा ४ हजार २ सय जना संक्रमित भएको मन्त्रालयको तथ्यांङ्क छ ।

यस्तै आज थप १८ सय जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

यस्तै आज देशका विभिन्न स्थानमा थप १२ जनाको मृत्यृ भएसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७६ जिल्लामा ३८ हजार ७ सय ३७ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमित हरुमध्ये २५ हजार ४ सय ३८ जना होम आईसोलेसन र १३ हजार २ सय ९९ जना संस्थागत आईसोलेसनमा रहेका छन् ।

यस्तै गम्भिर लक्षण भएका २ सय ९० जनाको आई.सी.यु र ६६ जनाको भेण्टिलेटरमा राखी उपचार भईरहेको मन्त्रालयको प्रवक्ता प्रा. डा गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानव जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण नेपालमा उच्व रक्तचाप बढ्दै गएकाले बताएको छ ।

आजको नियमित प्रेस व्रिफिङमा उच्व रक्तचाव दिवसका अवसरमा मन्त्रालयका प्रमूख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालका २४ प्रतिशत मानिसहरुमा उत्व रक्तचापका कारण मृत्यु हुने जानकारी दिनुभयो ।

यसको नियत्रणका लागि नियमित रक्तचापको परिक्षण, औषधि सेवन गर्न, शारिरीक व्ययाम, मदिरा, लागूऔषध प्रयोग नर्गन र स्वस्थ्य तथा सन्तुलित खाना खान सबैमा आग्रह गर्नुभयो ।


ताजा खबर