राप्रपा अध्यक्ष थापाको स्वास्थ्य सुधारोन्मुख

कोरोना संक्रमण भई काठमाडौं चावहिलस्थित ॐ हस्पिटलमा भर्ना हुनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्वउपप्रधानमन्त्री कमल थापाको स्वास्थ्य सुधाररोन्मुख रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आज अपरान्ह मेडिकल अपडेट सहितको प्रेस नोट जारीगरी थापाको स्वास्थ्यस्थितीवारे जानकारी गराएको हो ।

थापालाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना हुनु भएको नोटमा जनाइएको छ ।

उहाँको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको छ । उहाँको ज्वरो नियन्त्रणमा आएको, श्वासप्रश्वासमा समस्या नदेखिएको र स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको प्रेस नोटमा उल्लेख छ ।

बुधबार स्वास्थ समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उहाँमा “COVID-19” पोजेटिभ देखिएको थियो।

ॐ अस्पतालले थापाको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

विज्ञप्तिः


ताजा खबर