कोरोना संक्रमितको संख्या एकलाख २६ हजार १३७ पुग्याे

नेपालमा कोरोना भाइरसका चार हजार ३९२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ जना सङ्क्रमित पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३७ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८८ हजार ४० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ । 

पछिल्लो २४ घण्टामा २१जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।


ताजा खबर