उपत्यकाका १,९३५ सहित ३,७४९ जनामा कोरोना पुष्टि

देशभर थप तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ ।

उपत्यकामा आज थप एक हजार नौ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार नौ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा, एक हजार छ सय ९३ जना, ललितपुरमा एक सय आठ जना, र भक्तपुरमा एक सय ३४ जना गरी आ ज उपत्यकामा थप एक हजार नौ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर थप तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ ।

त्यस्तै आज देशभर आज तीन हजार पाँच सय ६४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ८४ हजार पाँच सय १८ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या छ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले बताउनुभयो  ।


ताजा खबर