नवनियुक्त अर्थ मन्त्री पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ ।  उहाँले आज दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्रीको पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्नुअघि राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँले पद तथा गोपियनीयताको सपथ लिनुभएको थियो ।

नेकपा महासचिवसमेत रहनु भएका पौडेलले यसअघि पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले यसअघि २०५४ सालमा युवा, खेलकुद तथा संस्कृती मन्त्री, २०६५ मा जलस्रोत मन्त्री र रक्षामन्त्रीको समेत जिम्मेबारी सम्हालिसक्नु भएको छ ।


ताजा खबर