बुढीगण्डकी आयोजनामा घुस लिएको प्रमाण पेस गर्नलाई नेकपाको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको भनी पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको जनाएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आज एक प्रेस वक्तव्य जारी गर्दै डा.भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पार्टीले पूर्णरुपमा खारेज र भत्र्सना गरेको बताउनुभएको छ ।

बिज्ञप्तीमार्फत नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएको छ ।

केही दिनपहिले गृह जिल्ला गोरखामा डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुढीगण्डकी जलविद्युत आयोजनामा नौ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताउनुभएको थियो ।

राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैर जिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्दछ । विज्ञप्तीमा उल्लेख गरिएको छ ।

रासस


ताजा खबर