साहित्यतर्फको नोबेल पुरस्कार कवयत्री लुइस ग्लुकलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ ।

पुरस्कार प्रदान गर्ने संस्था स्वीडिस एकेडेमीले कवयत्री ग्लुकको “सुन्दर काव्यात्मक आवाज” कृतिका लागि पुरस्कार प्रदान गरिएको जनाएको छ ।

ग्लुकले सन् १९९३ मा “द वाईल्ड आईरिस”का लागि पुलित्जर पुरस्कार र सन् २०१४ मा न्याश्नल बुक अवार्ड पनि प्राप्त गर्नुभएको थियो ।

यस वर्षको नोबेल पुरस्कार चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्र तर्फको विजेताको यसअघि नाम घोषणा भइसकेको छ । –रोयटर्स


ताजा खबर