भूमिका सुब्बा र एलिना चौहानको ‘बनचरी’ सार्वजनिक (भिडियो सहित)

गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ भिडियो गीत ‘बनचरी’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको युट्युब च्यालनबाट गीत बिहिबार रिलिज गरिएको हो । गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ ।

एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताउनुभयो । सुब्बा आफै गायिका समेत हुनुहुन्छ ।

उहाँको मालिङ्गो सैसै, भूमिका र संगिनी तीनवटा सोलो एल्बम छन् । आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लाग्नुभएकी सुब्बा खासगरी जनवादी गायिकाको रुपमा परिचय बनाउनुभएको छ ।

गायिका एलिना चौहानको स्वर रहेको गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाईका कलाकार लक्ष्मी बर्देवाको अभिनय रहेको छ । उहाँलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिनुभएको छ ।

साजन राईको सङ्गित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गर्नुभएको छ । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो ।

भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाडौ उपत्यका छेउछाउँका ग्रामीण दृष्य समेटिएका छन् ।

भिडियो हेर्नुहोस्ः


ताजा खबर