अमृत र अमृतको ‘लाजको घुम्टी’ सार्वजनिक (भिडियो सहित)

गायक तथा संगीतकार अमृत क्षेत्रीले ‘लाजको घुम्टी’ बोलको गीत सार्वजनिक गरेका छन् ।अगुरुङको शब्द रहेको यो गीतले आफ्नी मायालुप्रति एक यूवकले देखाएको प्रेम आशक्ती बोल्छ ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गायक अमृत क्षेत्री र संगीता क्षेत्रीको मोडलिङ छ ।

अमृतले गीतको बारेमा भने–‘यो गीत १ बर्ष अगाडि नै तयार भएको थियो । गीतकार अम्बिका गुरुङले हाम्रो जोडी नै भिडियोमा खेल्नुपर्छ भनेपछि हामीले खेलेका हौं । हरेक माया गर्ने जोडीका लागि यो गीत समर्पित छ ।’

भिडियो हेर्नुस्ः


ताजा खबर