नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

पुष्प र सुमिको ‘मोटीघाटी मायाँ’ सार्वजनिक (भिडियो सहित)

कोभिड -१९ को महामारीका कारण लकडाउन भएयता कुनै नेपाली फिल्म प्रदर्शन भएका छैनन् ।

यसबीचमा कलाकारहरु म्युजिक भिडियाे तथा रियालिटि शाे व्यस्त रहेर त्यसबाट नाम र दाम दुबै कमाइरहेका छन । पछिल्ला दिनहरुमा नायक पुष्प खडका म्युजिक भिडियाेमा निकै ब्यस्त रहेका छन् ।

त्यसैगरी एक्सनस्टार रुपमा परिचय बनाएकी नायिका सुमि माेक्तान पनि म्युजिक भिडियाे तथा डान्सिङ रियालिटि शाे मा ब्यस्त रहेकी छन् । यी दुबै नायक नायिकाले पहिलाेपटक संगै अभिनय गरेकाे एउटा म्युजिक भिडियाे हालसालै सार्वजनिक भएकाे छ ।

माेटीघाटी मायाँ बाेलकाे सो गीतमा मेलिना राई र काेशिश क्षेत्रिकाे स्वर रहेकाे छ । भिडियाेकाे सुरुमा सुमिकाे एक्सनलाइ देखाइएकाे छ र दुइकाे दमदार नृत्य रहेकाे छ ।

गीतमा काेशिस क्षेत्रीकाे कम्पाेज लेखु सहयात्रिकाे शब्द र उदयराज पाैडेलकाे एरेन्जमेन्ट रहेकाे छ । त्यस्तै भिडियाेमा उत्तम हुमागाइकाे सिनेमाटाेग्राफी र रमेश थापाकाे सम्पादन रहेको छ । गीतमा सुरेन्द्र बस्यालको काेरियाेग्राफीमा हरि हुमागाँइले निर्देशन गरेका हुन् ।

पछिल्लाेपटक पुष्प फिल्म मारुनिमा देखिएकाे थिए । त्यसैगरि सुमि फिल्म सराैताेमा देखा परेकाे थिए । यी दुबै फिल्मले औषत व्यापार गर्न सकेका थिए । तरपनि सराैताेमा सुमिकाे एक्सन मारुनिमा पुष्पकाे अभिनयकाे तारिफ भएकाे थियाे ।

भिडियो हेर्नुस्ः


ताजा खबर