सानमिगेलको एक्सप्लोर अभियान सुरु : पर्यटन प्रवर्द्धनका लागि ट्युबमार्फत प्रचार गरिने

काठमाडौं। पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन देशका विभिन्न गन्तव्यहरुको परिचय दिने उद्देश्यले सानमिगेलको ‘एक्सप्लोर’ अभियान सुरु भएको छ।

‘एक्सप्लोर’ अभियानको सुरुवात सानमिगेल ब्रुअरी, फिलिपिन्सबाट सुरु भएको हो। सोही अभियानलाई पछ्याउँदै नेपालमा ‘एक्सप्लोर’ अभियानले देशभित्रका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँका गन्तव्यहरुका प्रचार गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।यो अभियान अन्तर्गत नेपाली जगतका लोकप्रिय युट्युब भ्लगर्सलाई सहभागी गराई उनीहरुको अनुभवलाई युट्युब मार्फत प्रचार–प्रसार गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ख्यातिप्राप्त युट्युब भ्लगर्स घुमन्ते, चेतनराज कार्की, सिसन बानियाँ र ‘नेपाल’एट्थ वन्डर पर्यटन प्रचारको लागि कञ्चनजङ्गा बेसक्याम्प, भोटेकोशी, अन्नपूर्ण बेसक्याम्प र एभरेष्ट बेसक्याम्पको जीवनशैली र अन्य विधाको अध्ययन गरी युट्युब मार्फत प्रचार–प्रसार गर्ने छन्।

नेपालका विभिन्न भाग पर्यटकीय दृष्टिकोणले अत्यन्त आकर्षक भएको र तिनीहरुले प्रशस्त पर्यटनको सम्भावना बोकेकाले त्यस्ता ठाउँहरुलाई प्रवर्द्धन गर्ने उद्देश्य ‘एक्सप्लोर’ अभियानले बोकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसबाट आन्तरिक एवं बाह्य पर्यटनमा योगदान पुग्नेछ।कम्पनीले ‘एक्सप्लोर’ क्याम्पेनले भ्रमण वर्ष २०२०लाई समेत सहयोग पुग्ने दाबी गरेको छ।


ताजा खबर