” यत्ति हो किसुनजीको कविता “

शैलेन्द्र शिंखडा

सुराही, ट्यांका ,छाता र गीता

प्रजातन्त्रका वास्तविक पिता

यत्ति हो किसुनजीको कविता ,

यो भन्दा बढी लेख्यो भनेलज्जित हुन्छन्

ऐलेका नेताकैले साँझको दियो

जस्तोकैले माझको मियो

जस्तोत्यो सुमेरू मन्थनमा निकै प्रयोग भयो

अमृत बाँढे कालकुट पिए

किसुनजी साच्चिकै नीलकण्ठ थिए

मूर्खहरुलाई सँधै हाँसेरै देखाइदिए

किसुनजीलाई कृष्ण जस्तै सारथी बनाइयो

रथमा सजाएर युध्दभूमिमा पनि कुदाइयो

किसुनजी भिष्म जस्तै त्यागी

बाँणै-बाँणले घोचेर शरशैयामा पनि सुताइयो

भौतिक मरण त केवल प्रतिक्षा मात्र थियो

किसुनजी जीऊँदै वित्नुभएको अमृत पात्र हो

अन्तिम एक दशक त शरशैयामा सुत्नुभएको मात्र हो

सुराही,ट्यांका,छाता र गीता

प्रजातन्त्रका वास्तविक पिता

यत्ति हो किसुनजीको कविता

यो भन्दा बढी लेख्यो भनेलज्जित हुन्छन् ऐलेका नेता ।


ताजा खबर