यो वर्षको पद्यमश्री पुरस्कार र सम्मानको निर्णय रद्द

हरिकला लामिछाने प्रतिष्ठानले विवाद र असहज परिस्थिति भएको भन्दै यो वर्षका लागि घोषित सम्मान तथा पुरस्कारको निर्णय रद्द गर्ने घोषणा गरेको छ।

प्रतिष्ठानले गएको ११ असोजमा पद्यमश्री पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई र पद्यमश्री सम्मान मोदनाथ प्रश्रीतलाई दिने निर्णय गरेको थियो। तर, उप्रेतीले प्रश्रीतमाथि यौनहिंसाको आरोप लागेको भन्दै शुरुमा एउटै मञ्चमा पुरस्कार नलिने बताएका थिए। तर, पछि विवाद बढ्दै गएपछि पुरस्कार अस्वीकारको घोषणा गरेका थिए।

प्रश्रीतले पनि आफ्नो बदनाम गर्न लागिएको भन्दै तत्काल पुरस्कार नलिने घोषणा गरेका थिए। दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले आकस्मिक बैठक बसी घोषित पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौँ, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पु¥याउने कदापि थिएन। सम्मानित र पुरस्कृत स्रष्टा, साहित्यप्रेमी तथा शुभचिन्तक महानुभावहको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ।”

प्रतिष्ठानले २०६३ सालदेखि हरेक वर्ष प्रकाशित र निर्णायक मण्डलले उत्कृष्ट ठह¥याएको कृतिलाई पद्यमश्री पुरस्कार प्रदान गर्दै आएको छ। त्यस्तै २०६७ सालदेखि हरेक वर्ष लामो समय साधनारत स्रष्टालाई पद्यश्री सम्मान प्रदान गर्दै आएको छ। यो वर्ष पहिलोपटक पुरस्कार र सम्मान घोषणा भएर फिर्ताको निर्णय भएको हो।


ताजा खबर