मन्त्रीपरिषदले गरेका निर्णयहरु सार्वजनिक

नेपाल र ईजरायल सरकारबीच नेपालमा कृषिका बिशेष क्षेत्रहरु स्थापना गर्न समझदारी हुने भएको छ ।

सरकारले त्यसका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न ईजरायलस्थित नेपाली राजदूतलाई अख्तियारी प्रदान गरेको छ ।

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल र ईजरायल सरकारबीच नेपालमा कृषिका बिशेष क्षेत्रहरु स्थापना गर्ने सम्बन्धी समझदारीले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न मद्धत पुग्ने बताउनुभयो ।

सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा.दीपक कुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले स्टाण्डर्ड नापतौल पहिलो संशोधन नियमावली २०७७ स्वीकृत गरेको, नेपाल बाल संगठनको स्वामित्वमा रहेको जिल्लाहरु समेतको जग्गा र सम्पतिको अध्यावधिक अभिलेख तयार गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो ।

सरकारले बाल मन्दिर नक्सालमा रहेका बालबालिकाका लागि सुरक्षित आवासको व्यवस्था मिलाउन १ करोड ५० लाख रुपैयां उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकले राष्ट्रिय बन क्षेत्रबाट अनुचित रुपमा साल लगायत रुखहरु कटान गरी हिनामिना गरेको सन्दर्भमा उच्चस्तरीय छानबिन समितीले पेश गरेको प्रतिबेदनका आधारमा मन्त्रालयस्तरबाट मन्त्रीपरिषद्लाई जानकारी गराएर मन्त्रालयले गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

उहांले त्यसका लागि मन्त्रिपरिषद्ले गर्नुपर्ने कराहरु मन्त्रीपरिषदमा तत्काल पठाउनका लागि उच्चस्तरीय छानबिन समितीले पेश गरेको प्रतिबेदन बन तथा वातवरण मन्त्रालयमा पठाउने निर्णय भएको पनि बताउनुभयो ।

निर्णयहरु यसप्रकार छन्ः


ताजा खबर