मन्त्रिमण्डल पुनर्गठनका बिषयमा अध्यक्षद्वयबीच छलफल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल पुनर्गठनका विषयमा आज पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो भएको भेटमा दुइअध्यक्षबीच मन्त्रीहरुको संख्या थपघट र जिम्मेवारी हेरफेरको मापदण्ड लगायतका विषयमा छलफल भएको बताइएको छ ।

यसैगरी पार्टी एकिकारणका बाँकी कामलाई पूर्णता दिने विषयमा पनि छलफल भएको पार्टी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । गएको मंगलबार बसेको सचिवालय बैठकपछि अध्यक्षद्वयबीच मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक आयोगमा पदाधिकारीहरुको नियुक्ति र पार्टी एकिरणका बाँकी काम पूर्तता दिने लगायतका विषयमा छलफल हुँदै आएको छ ।


ताजा खबर