थप १५७३ जनामा कोरोना पुष्टि : कुल संक्रमित ७३३९४

नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ ।

चौबीस घण्टामा ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५३ ह्जार ८९८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत पुगेकाे छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

आइसोलेसन र सकृय सङ्क्रमित  कुल १९ हजार १९ पुगेको छ । क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।

पछिल्लो चौबीस घण्टामा दश जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४७७ पुगेकाे छ । 


ताजा खबर