कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज १९ मा

फाईल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी असोज १९ गते बस्ने भएको छ ।

१४औं महाधिवेशन तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफलका बैठक आह्वान गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन् ।

विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने भएको छ ।

बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले पीसीआर परीक्षण अनिवार्य गरिएको पार्टी मुख्य सचिव पौडेलले जनाए ।

मुख्य सचिव पौडेलका अनुसार असोज १५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई अनिवार्य पीसीआर परीक्षण गराउन सबैलाई अनुरोध गरिएको छ ।


ताजा खबर