आइपिएलः दिल्ली क्यापिटल्सको लगातार दोस्रो जित

युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएरातीको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिङ्सलाई पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो ।

१७६ रनको विजय लक्ष्यसहित धोनीको क्याप्टनशीपमा मैदानमा उत्रिएको चेन्नाइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाएपछि दिल्लीले यो जित आफ्नो हात पारेको हो ।

नेपालीहरुको आशाका केन्द्र बनेका नेपाली क्रिकेटर सन्दिप लामिछाने भने हिजोको खेलमा सुरुवाती ११ भित्र पर्न सकेनन् । दिल्लीको जितको लागि ४३ बलमा ६४ रनको उत्कृष्ट पारी खेलेवापत पृथ्वी साव म्यान अफ द म्याच घोषित भए ।

आजको खेल कोलकात्ता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीचको खेल नेपाली समय अनुसार पौने आठ बजे हुँदैछ ।- एएनआई


ताजा खबर