‘सहि बाटो लियौ तिमिले’

~कवि अर्जुन पराजुली

आफ्नै सेवामा भिडेकी नर्समाथि

छिःछिः दुर् दुर् फालेर

आफ्नै उपचारमा खटेका डाक्टरलाई

आफैँले घरबाट निकालेर

आफ्नो सुरक्षामा डटेका पुलिसलाई

आफैँले कुटेर ढालेर

देशका लागि – 

ठूलो योगदान दियौ तिमिले

सहि बाटो लियौ तिमिले

अब –

आउने बर्षमा सरकारले तिमिलाई तक्मा दिन्छ !

आउने चुनावमा पार्टिले तिमिलाई टिकट दिन्छ !

त्यहि चुनावमा जनताले तिमिलाई भोट दिन्छ !

त्यहि भोटले

तिमिलाई मन्त्री दिन्छ !!

 


ताजा खबर