जबरजस्ती रथयात्रा गर्नेलाई कारबाही गरिने

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहीबार जबरजस्ती रातो मच्छिन्द्रनाथको रथयात्रा गर्नेलाई प्रशासनले कारबाही गर्ने बताउनुभएको छ ।

सरोकारावला संस्थाहरुलाई बेवास्ता गर्दै जबरजस्ती निकालिएको रातो मच्छिन्द्रनाथको रथयात्रा गर्नेलाई कारबाही गर्ने भट्टले जानकारी दिनुभयो । ‘प्रशासनले धार्मिक कार्यक्रम रोक्न पटक पटक सार्वजनिक सूचना जारी गरिसकेको छ । सरोकारावाला व्यक्तिहरुसँग छलफल गरेर रोक्ने सहमति भइसकेको थियो,’ उहाँले नेपालटीभी अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘तर बाहिरबाट आएका युवाहरुले जबरजस्ती रथयात्रा गर्ने काम भएको छ । प्रशासनले उनीहरुलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्छ ।’

स्वतस्फुर्तरुपमा रथयात्रा सुरु गरेपछि भएको झडपमा प्रहरीले बल प्रयोग गरेर तितरवितर पारेको थियो ।


ताजा खबर