लायन्स र लियो क्लब अफ रत्ननगर पिसले जडान गरे गोडाले थिचेर हात धुने युनिट

लायन्स क्लब अफ रत्ननगर पिस र लियो क्लब अफ रत्ननगर पिसले संयुक्त रुपमा  गोडाले थिचेर हात धुने प्रणाली सहितको युनिट हस्तान्तरण तथा स्थापना गरेका छन् ।

कोभिड-१९ सचेतना तथा सुरक्षा कार्यक्रम अन्तर्गत चितवनको रत्ननगर, टाँडि स्थित ईलाका प्रहरी कार्यालयको गेटमा जडान गरिएको सो युनिट आज एङ्क संक्षिप्त समारोहका बिच हस्तानतरण गरियो । ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै सो हात धुने फुट प्रेस ह्याण्डवास युनिट स्थापना गरिएको समाचारमा जनाइएको छ।

डिस्ट्रिक्ट डेपुटि को अर्डिनेटर लायन दिपेन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा , ईलाका प्रहरी कार्यालय टाँडिका प्रमुख प्रहरि उपरिक्षक रबिन कार्कीसँगै जिल्ला बिभाग प्रमुखहरु लायन उमेश गिरि, लायन शुरेशचन्द्र आचार्य र कृष्ण लाल श्रेष्ठ , रिजनल चेयरपर्सन लायन भिष्म खनाल , जोन चेयरपर्सन लायन अनिल पाठक , डिस्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर्स लायन मधुर नेपाल, लायन प्रकाश शर्मा लगायत दुबै क्लबका पदाधिकारी तथा सदस्यहरु तथा ईलाकाका प्रहरी कार्यलयका प्रतिनिधिहरुको उपस्थितिमा तथा लायन्स क्लब अफ रत्ननगर पिसको तर्फबाट क्लबका पुर्ब अध्यक्ष लायन अनिल पाठकज्युको संयोजकत्वमा सम्पन्न भएको थियो।

क्लबका सचिब लायन ईश्वर कुमार खड्काले संचालन गर्नुभएको कार्यक्रममा फुट प्रेस ह्याण्डवास सिस्टम सहयोग गर्नुहुने दाता नेशनल ब्रिडर्स नेपाल प्रा.ली.का प्रोप्राइटर तथा लायन्स क्लब अफ रत्ननगर पिसका पूर्ब अध्यक्ष लायन अनिल पाठकलाई यस मानवीय कार्यप्रती उहाँको लगाव र योगदानका लागि क्लब अध्यक्ष लायन नरेन्द्र प्रसाद बेल्वासेज्युले दुबैक्लबको तर्फबाट धन्यवाद ब्यक्त गर्नुभयो ।

त्यसैगरी पिभिसि पाइप सहयोग प्रदान गर्नुहुने लायन देबेन्द्र आचार्य प्रती पनि अध्यक्षज्युले आभार ब्यक्त गर्नुभयो। लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष लायन नरेन्द्र प्रसाद बेल्वासेको अध्यक्षता र लियो क्लब अफ रत्ननगर पिसका अध्यक्ष लियो सुभाष अर्यालको सह अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सामाजिक सन्जाल मार्फत प्रत्यक्ष प्रसारण गरि संजाल प्रयोगकर्ताहरुलाई क्लबले गरेको मानवीय कार्य प्रसारण र कोभिड १९ बिरुद्ध सचेतना फैलाउनु भएकोमा सामाजिक अभियन्ता तथा सन्चारकर्मी आदरणीय  बिपिन शर्मा आचार्य प्रति आभार ब्यक्त गरियो। कार्यक्रमको समापनमा प्रमुख अतिथी लायन दिपेन्द्र खतिवडा, बिशिष्ट अतिथी ईलाका प्रहरी कार्यालय रत्ननगर प्रमुख लगायतले कोभिड १९ विरुद्धको सचेतना तथा रोकथाम सम्बन्धि क्लबले गरेका कार्यहरुप्रती धन्यवाद तथा शुभकामना ब्यक्त गर्नुभयो।

लायन्स क्लब र लियो क्लब अफ रत्ननगर पिसले समाजमा धेरै उदाहरणिय सामाजिक कार्यहरु गर्दै आईरहेकोमा कोभिड १९ बारे सचेतना तथा रोकथाममा उल्लेख्य भुमिका खेलेकोमा बधाई तथा शुभकामना ब्यक्तगर्दै आगामी दिनमा पनि यसता कार्यले निरन्तरता  पाउनेमा क्लब प्रती पुर्ण आशाबादी रहेको बताउनु भयो।


ताजा खबर