नेकपाका दुई अध्यक्षबीचको छलफल सकारात्मक

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न आज भएको छलफल सकारात्मक भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्यहरू शङ्कर पोखरेल र जनार्दन शर्मासहित अध्यक्षद्वयबीच भएको छलफल समस्याको समाधान खोज्ने गरी सकारात्मक भएको बुझिएको छ ।

गएको असार १० गते सुरु भएको स्थायी समिति बैठकका लागि निर्धारित कार्यसूची भन्दा बाहिर गएर पार्टीका वरिष्ठ नेताहरूले नै प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद चर्किँदै आएको छ । विवादकै कारण स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।


ताजा खबर