व्यवसायिलाई चोर जस्तै बनाउने कमलामाईको लकडाउन

समाचार विश्लेषण

लकडाउन नै गर्नुपर्ने अवस्था आउन नदिन के के प्रयास भएका थिए र असम्भव भएर लकडाउन गरिएको हो ? यो प्रश्नको जबाफ कसले दिने ? लकडाउन भनिदिदा हुने हो ? निरिह हरुले बन्द गर्ने, पहुँच हुनेले व्यापार व्यवसाय गर्नका लागि आयोजना गरिदिएको हो लकडाउन ? यसको जबाफ उद्योग वाणिज्य संघ र नगरपालिकाले दिनु पर्ने कि नपर्ने ? यसरी बारम्बार बन्द गराउदा तीन महिना बन्द भएका व्यापार व्यवसायको घरभाडा मिनाहा, नगरपालिकाको कर छुटका विषयमा किन मौन रहन्छ उद्योग वाणिज्य संघ ? सरसफाई शुल्क देखि बाहाल कर सम्म दोवरेर अशुल गर्ने, यस्तो विषयम परिस्थितिमा पनि करका दर र दायरा बढाउने अनि बेतुकमा व्यापारीका ढाड सेक्ने ? आज सम्म कतिजना व्यापारीको पिसिआर टेष्ट गरियो ? भिटिएम किनेर आफ्नै आधा दर्जन पटक कोरोना परिक्षण गर्ने नगरका पदाधिकारीहरुले यसको जबाफ दिनु पर्दैन ?

विहिबार विहान सिन्धुली बजारका अधिकाशं व्यापरीहरु हातमा पसलका सटरको साँचो बोकेर सडकमा उभिएका थिए । ढोका हुनेहरुले एक फक्ल्याटो ढोका खोलेका थिए । बाटोमा हिड्ने मान्छेहरुले साहुजि चिनेर पसलमा भएको केहि सामान मागे अलिकती सटर उचार दिई हाल्ने सुविधा उपलब्ध थियो । दिउँसो केहि पसलहरु आधि सटर खोलेर सुविधा दिईरहेका देखिन्थे । कमलामाई नगरपालिकाले लकडाउन गरेको दोस्रो दिनको यो दृष्यले अघिल्लो दिनको तुलनामा दोस्रो दिन बजारमा मान्छेको चहलपहल बढेको सहजै देखिन्थ्यो ।

लकडाउन हुनु भन्दा अघिल्लो दिन सम्म सर्वसाधारणलाई माक्स लगाएको नलगाएको चेक जाँच गरिरहेको र जरिवाना अशुलि रहेको सुरक्षाकर्मीको लकडाउन सुरु भएको दिन बुधबार देखिनै इन्तु चिन्तु थिएन । सडकमा सुरक्षा कर्मीको नामो निसाना थिएन । मधुटारको कालिमाई मन्दी, बसपार्क क्षेत्र, कमलामाई नगरपालिका अगाडि, शन्तीनगर चोक कतैपनि प्रहरीको उपस्थिति थिएन । कमलामाई नगरपालिकाले कोरोना संक्रमण समुदायमा फैलन सक्ने आशंका सहित गरेको लकडाउनको दोस्रो दिनको यो दृष्यले लकडाउन केवल व्यापारीहरुलाई स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्न नदिका लागि मात्र गरिएको हो भन्ने प्रष्ट पार्दै थियो । व्यापारीका सटर बन्द गराएर व्यापारीलाई चोरेर व्यापार गर्नु पर्ने वाध्यता बाहेक लकडाउनबाट कुनै उपलब्धी हुने अवस्था थिएन । छैन । कृषि सामग्री कम्पनी, साझा सहकारीका वरिपरि रसायनिक मल लिन आउनेको घुइचो थियो । त्यहा भित्र नियन्त्रण गर्न, माक्स लगाउन दुरी कायम गराउन कुनैपनि सुरक्षाकर्मी परिचालित थिएनन, बरु जनप्रतिनिधिका रातो मसिले लेखिएका सोर्सका कागजका टुक्रा बोकेका र निरिह सर्वसाधारण विचको जुहारी र सत्तोसराप थियो।

लकडाउन हुनु भन्दा अगाडिको तुलनमा न त सिन्धुली बजारमा सडक छेउ पार्कीङ गरिएका मोटरसाईकलहरुको संख्या घटेका थिए न त हिड्ने मानिसहरुकै संख्यमा खासै कमि देखिन्थ्यो देखिन्थ्यो त केवल बन्द सटर पसलहरु र त्यसका अगाडि हातमा साँचो बोकेका व्यापारीहरु । वि पी राजमार्गमा गुड्ने गाडिहरुको संख्यामा कुनै कमि थिएन । बाहिरबाट आएका ढुवानीका साधनहरुले सामानहरु पसलेहरुलाई फोन गरेर बोलाई बोलाई जिम्मा लगाई रहेका थिए । चिया पसलहरु अगाडिका ढोका नखोलिएपनि लुकि छिपि खुलेकै थिए र तिनमा निर्वाध मोटरसाईकल चडेर आएका सर्वसाधारण गन्यमान्य नेता कर्मचारी चिया पिएर कोरोना नियन्त्रणमा सरकार असफल भएको, नेकपाको विवाद, कांग्रेसका विभिन्न समितिहरु गठनमा पौडेल समूहको असन्तुष्टि जस्ता ताईन न तुई का विषयमा देश थेग्ने फोकटका गफ माक्स च्यापुमा लगाएर गरिनै रहेका थिए ।

लकडाउन गरिएको कमलामाई नगरपालिका यो दृष्यले लकडाउन के का लागि र किन भन्ने गम्भिर प्रश्न उब्जाउनु स्वभाविकै हो । दिउँसो एकजना इन्सुरेन्सका शाखा प्रबन्धकले लकडाउन भएपनि लकडाउन भएको आधिकारीक सूचना कमलाई नगरपालिकाले लेटरहेडमा प्रकाशन नगरेकाले केन्द्रिय कार्यालयमा लकडाउन सम्बन्धी आधिकारी जानकारी पठाउन नसक्दा कार्यालय बन्द गर्न नमिलेकाले लकडाउन तोडेर भएपनि अफिस आउनु परेको गुनासो गरे । विहिबार दिउँसो सम्म दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिकाले सिमाना तोकेर के के सेवा कसरी र कति समय सञ्चालन गर्ने भनि बन्द सम्बन्धी पालिकाको लेटरहेडमा सूचनाहरु निकालेर सामाजिक सञ्जाल र सम्बन्धीत पालिकाको बेवसाईडमा अपलोड गरिसकेका थिए । तर बुधबार देखि एक सतालाई लकडाउन गरेको कमलामाई नगरपालिकाले अधिकारीक रुपमा लेटरहेडमा लकडाउन सम्बन्धी कुनै सूचना सार्वजनिक नगर्दा शाखा कार्यालयको रुपमा रहेका बैङ्क वित्तिय संस्था, विमा कम्पनीहरु र सहकारीहरु अलमलमा परेका थिए । कमलामाई नगरपालिकामा भएको सर्वपक्षिय छलफलमा बन्द गर्ने विषयमा सहमति जुटेपछि उद्योग वाणिज्य संघ सिन्धुलीले सोमबार बेलुका माईकिङ गरेर मंगलबार राती १२ बजे देखि सिन्धुली क्षेत्र लकडाउन हुने भएकाले सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्न भनेको थियो । व्यापारीहरुले त्यहि सूचनालाई आधार मानेर बुधबार विहानै देखि व्यापार व्यवसाय बन्द गरेका छन् । यो बन्दमा अत्यावश्यक सेवा दैनिक उपभोग्य दाल चामल नुन तेल किन्ने किराना पसल समेत बन्द हुने भनिएको छ । तर सडकमा मोटरसाईकल लगायतको सवारी साधनको आवत जावतमा कुनै रोक लगाईएको छैन । मान्छेहरुको हिडडुलमा कुनै सोधपुछ गरिएको छैन । बन्द भएका छन् त केवल निर्वाध खोलिएका पसलका सटहरु । अनि वाध्य पारिएको छ आधा सटर खोलेर लुकि छिपि चोरले जस्तो व्यापार गर्न । किन र के प्रयोजनका लागि मान्छेहरु बाहिर निस्कीए न त नेपाल प्रहरी, न शसस्त्र प्रहरी न नगर प्रहरी कसैले सोधपुछ र नियन्त्रणको प्रयास नै गरेको छ । बजारमा सुरक्षा कर्मीको उपस्थिति नै छैन । यसरी सबैकुरा सुचारु राख्न, व्यापार व्यवसाय मात्र बन्द गर्न लकडाउन किन गरियो ? लकडाउन गर्ने कमलामाई नगरपालिका र अघिल्लो पटक लकडाउन नखोले व्यापारीहरु टिक्कनै नसक्ने भए भनेर रोइलो गर्ने उद्योग वाणिज्य संघ सिन्धुलीले यसको जबाफ दिनु पदैन ? अन्य सबै सेवा सूचारु नै हुने हो भने व्यापारीहरुलाई मात्र बन्द किन ? लकडाउनलाई साच्चै लकडाउन गराउन नसक्ने, प्रहरी प्रशासन सक्रिय नहुने हो भने यो नाटक मात्र के का लागि ?

लकडाउन नै गर्नुपर्ने अवस्था आउन नदिन के के प्रयास भएका थिए र असम्भव भएर लकडाउन गरिएको हो ? यो प्रश्नको जबाफ कसले दिने ? लकडाउन भनिदिदा हुने हो ? निरिह हरुले बन्द गर्ने, पहुँच हुनेले व्यापार व्यवसाय गर्नका लागि आयोजना गरिदिएको हो लकडाउन ? यसको जबाफ उद्योग वाणिज्य संघ र नगरपालिकाले दिनु पर्ने कि नपर्ने ? यसरी बारम्बार बेतुकमा बन्द गराउदा तीन महिना बन्द भएका व्यापार व्यवसायको घरभाडा मिनाहा, नगरपालिकाको कर छुटका विषयमा किन मौन रहन्छ नगरपालिका ? सरसफाई शुल्क देखि बाहाल कर सम्म दोवरेर अशुल गर्ने, यस्तो विषयम परिस्थितिमा पनि करका दर र दायरा बढाउने अनि बेतुकमा व्यापारीका ढाड सेक्ने ? आज सम्म कतिजना व्यापारीको पिसिआर टेष्ट गरियो ? भिटिएम किनेर आफ्नै आधा दर्जन पटक कोरोना परिक्षण गर्ने नगरका पदाधिकारीहरुले यसको जबाफ दिनु पर्दैन ? उद्योग वाणिज्य संघ नगरपालिकाको पिछलगु भएर बन्द गराउदै हिड्ने हो कि व्यवस्थित बजार सञ्चालनका लागि पहल गर्ने हो ? यस्तो अर्थ न बर्थको लकडाउनले कोरोना नियन्त्रणमा योगदान पुग्छ र ? एक हप्ता पछि पुन एकहप्ता लकडाउन थप्ने हो कि एक हप्तामा सम्भावित संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सकेर बाँकीलाई कोरोना संक्रमितको सम्पर्कमा आउनै नदिने बातावरण बनाएर व्यापार व्यवसाय सूचारु हुने बातावरण बनाउने हो ? दुई दिनको अभ्यासले त बन्द सटर भित्र कोचिएर सामान किन्ने, चिया खाजा खानेहरुले समुदाय स्तरमा सहजै कोरोना सार्ने थप जटिलता देखापरेको छ । यसको नियन्त्रण गर्न कुनै योजना छन् कि बन्द भनेर भाषण मात्रै गर्ने क्षमता छ लकडाउनका आयोजकहरु सँग ? के यसैगरि कोरोना नियन्त्रण होला ?

सफल नेपाल,सिन्धुली

 


ताजा खबर