उपत्यकामा १२७ सहित ५२५ कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट आज उपत्यकामा एक सय २७ जनासहित थप पाँच सय २५ जना सङ्क्रमित भएका छन् । यसै गरी आज थप चार जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरस सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीहरूको रियल टाइम पिसिआर परीक्षण गरेर मात्रै काममा लगाउन सम्पूर्ण अस्पतालहरूलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले महामारीको अवस्थामा स्वास्थ्यकर्मीको अभाव हुन नदिन समयमै सचेत भई सबै स्वास्थ्यकर्मीहरूको नियमित परीक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले कोरोना सङ्क्रमितको उपचारका लागि तोकिएका अस्पतालहरूमा चार सय ९६ वटा भेन्टिलेटर तथा नौ सय ४२ वटा सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट आज उपत्यकामा एक सय २७ जनासहित थप पाँच सय २५ जना सङ्क्रमित भएका छन् ।

आज काठमाडौँमा एक सय ११ जना, भक्तपुरमा पाँच जना र ललितपुरमा ११ जना सङ्क्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट नेपालमा हालसम्म २४ हजार नौ सय ५७ जना सङ्क्रमित भएका छन् भने आज थप एक सय नौ जना सङ्क्रमण मुक्त भएपछि हालसम्म १६ हजार आठ सय ३७ जना सङ्क्रमण मुक्त भएका छन् ।

यसै गरी आज थप चार जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरस सङ्क्रमण पछि मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।

कोरोना सङ्क्रमण पछि मृत्यु हुनेमा आज महोत्तरी, अछाम, धनुषा र मोरङका एक/एक जना थपिएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर