नेप्से दोहोरो अंकले बढ्यो : आज १ अर्ब माथि कारोबार, नेपाल लाइफ सर्वाधिक

साताको अन्तिम दिन नेप्से १६ दशमलव ५३ अंकले घटेर १४०८ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज १ सय ९१ कम्पनीको ३३ लाख ४४ हजार १ सय ११ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

टेड्रिङ बाहेक अन्य क्षेत्रको उपसूचकमा राताम्मे भएको छ । सबैभन्दा धेरै नेपाल लाइफको शेयरको ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ७ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

दिव्यश्वरी हाइड्रोपावरका लगानीतकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने साधना लघुवित्तका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ६८ प्रतिशतका दरले गुमाएको छ भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ४ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन्।


ताजा खबर