प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न अहिले छलफल भईरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वयका साथ नेकपाका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्छ ।

गएको असार १० गते सुरु भएको स्थायी समिति बैठकका लागि निर्धारित कार्यसूची भन्दा बाहिर गएर पार्टीका वरिष्ठ नेताहरुले नै प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद चर्किएको छ ।विवादकै कारण स्थायी समित बैठक पटकपटक स्थगित हुँदै आएको छ ।


ताजा खबर