भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका छन् । स्वास फेर्न कठिन भएपछि दत्त अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल उपचारका लागि भर्ना भएका थिए । उच्च ज्वरो र श्वासप्रश्वासको समस्याले अस्पताल भर्ना भएका उनलाई कोरोनाको वार्डमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको हो । क्यान्सर भएको सार्वजनिक भएपछि उनका प्रशंषकले उनको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन् ।

उनकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा आमाको निधन भएको थियो । ६१ वर्षीय दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । दत्तका श्रीमती र सन्तान कोरोना भाइरस संक्रमणका कारण गरिएको लकाउनले गर्दा पाँच महिनादेखि दुबईमा रहेका छन् । एएनआई


ताजा खबर