राष्ट्रिय बाणिज्य बैंकमा ७.२५% ब्याजदरमै घरकर्जा

राष्ट्रिय बाणिज्य बैंकले नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले २० बर्ष अवधिकालागी ७ दशमलव २५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो ।

घर निर्माण, घर खरिदका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । बैंकका अनुसार एक बर्षसम्म ब्याजदरमा कुनै परिवर्तन नहुने उक्त कर्जा ग्राहकले आवश्यक कागजात पेश गरेको ७ दिनमा प्राप्त गर्नेछन् ।

योजना अनुसार बैंकले एक करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।


ताजा खबर