नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको स्कीम सार्वजनिक गरेको छ । कम्पनीले साउन २७ गते एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत साउन २८ गतेदेखि असोज मसान्तसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये तीन बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३५ प्रतिशत र ३ बर्ष भन्दा माथि व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।


ताजा खबर