नेपाल बैँकद्वारा कोरोना रोकथाम कोषमा तीन करोड ४६ लाख सहयोग

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जम्मा भएको रु. ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषलाई हस्तान्तरण गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडालाई सो बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले आज उक्त चेक हस्तान्तरण गर्नुभयो । बैँकले हरेक वर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गदैै आएको थियो । देशभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन र मौद्रिक नीति, २०७७÷७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा उक्त रकम हस्तान्तरण गरिएको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री डा खतिवडाले कोरोना रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा बैंकले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । बैँकका अध्यक्ष अधिकारीले सरकारले चालेका कदममा बैंकको सदैव साथ रहने बताउनुभयो ।


ताजा खबर