उर्दु शायर राहत इन्दोरीको कोरोनाका कारण निधन

उर्दु शायर राहत इन्दोरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  लोकप्रिय शायर इन्दोरीको मंगलबार अपरान्ह करीब साढे ४ बजेको समयमा मृत्यु भएको हो।

उनलाई मंगलबार नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो। इन्दोरी आइतबार मध्यप्रदेशको औरविन्दो अस्पतालमा भर्ना भएका थिए।

अस्पतालका अनुसार इन्दौरीलाई उच्च रक्तचाप, डायबेटिज र मुटु सम्बन्धी रोग थियो।

इन्दोरीले आफ्नो अन्तिम ट्वीटमा आफ्नो स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन शुभेच्छुकहरूलाई आग्रह गरेका थिए।

एएनआई


ताजा खबर