पानीको मूल्य निर्धारण : जारको ३५, बोतलको १५ रुपैयाँ

 काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोकमा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले मूल्य समायोजन गरिएको जनाएको छ । उपत्यकाका विभिन्न २१ वटा पानी उद्योगको निरीक्षणपछि मूल्य निर्धारण गरिएको हो । मूल्य निर्धारण कार्यदलका संयोजक एवं विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रका अुनसार नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको प्रतिजारको मूल्यमा दश तथा प्रतिलिटर बोतलको पानीमा दुई रुपैयाँ घटाइएको छ ।

प्रशोधित पानी प्रतिजार कम्पनी मूल्य २० र बिक्री मूल्य ३५ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी प्रतिबोतल बिक्री मूल्य १६ तथा प्रतिप्याक बिक्री मूल्य १३५ रुपैयाँ कायम गरिएको छ ।


ताजा खबर