भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोना संक्रमित

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सोमबार अपरान्ह ट्वीट गर्नुहुँदै आफू कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेको बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारका लागि अस्पताल पुगेको बेला उहाँमा सङ्क्रमणको परीक्षण गरिएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ, “पछिल्लो एक सातामा मेरो सम्पर्कमा आउनुभएका सबैलाई अलग्गिन र परीक्षण गराउन आग्रह गर्दछु ।” एएनआई


ताजा खबर