सन्तोषको नयाँ गीतमा विपिनको भिडिओ ‘डर छैन’ सार्वजनिक (भिडियो सहित)

गायक सन्तोष लामाको नयाँ म्युजिक भिडिओ ‘डर छैन’ सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडिओमा अभिनेता विपीन कार्कीको अभिनय छ। निकेश खड्काको निर्देशनमा तयार यो गीतमा विपीन भरिया पात्रको भूमिकामा देखिएका छन्।

‘केही पनि छैन मसँग, त्यसैले गुमाउने डर छैन’ बोलको शब्दले बिहान बेलुका खानको लागि दिनभर काम खोज्दै हिँड्ने ज्यामी कामदारको कथा समेटेको छ। हरि लम्सालको संगीत रहेको यस गीतलाई नारायण गौतमले लेखेका हुन्।

साधारण मान्छे जसलाई दुई छाक खानै धौ धौ पर्छ उसँग जगेर्ना गर्ने केही हुँदैन। त्यसैले उसँग गुमाउने पनि केही नहुने मर्म शब्दले बोकेको छ।

विपीनले निर्वाह गरेको पात्रले हरेक दिन ज्यालादारी काम गरेर खाने निम्न वर्गको कथा प्रतिनिधित्व गरेको गीतको भिडियोमा विपीनले आफ्ना अन्य फिल्म र भिडिओमा जस्तै जीवन्त अभिनय गरेका छन्। गीत बिहीबार युट्युब च्यानाल ‘टुवेल्भ नोट’ बाट सार्वजनिक गरिएको हो।

भिडियोः


ताजा खबर