भारत सरकारद्वारा नेपाली सेनालाई भेन्टिलेटर सहयोग

भारतले नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको दश थान भेन्टिलेटर सहयोग गरेको छ ।

जंगी अड्डामा आइतबार आयोजित कार्यक्रमकाबीच भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले भेन्टिलेटर उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ ।

दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबर मूल्यका भेन्टिलेटरहरु कोभिड-१९ का बिरामीको उपचारमा उपयोग हुने दूतावासले अपेक्षा गरेको छ ।


ताजा खबर