राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित : सबैले आज पदभार ग्रहण गर्नुहुने

राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुनुुभएको छ ।

विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल निर्विरोध हुनुुभएको हो ।

सभापतिका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गर्नुुभएको नामलाई सम्बन्धित समितिको आजको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेको थियो ।

नवनिर्वाचित सभापति गुुरुङका प्रस्तावक देवेन्द्र दाहाल र समर्थक तारामान स्वाँर तथा सभापति बिडारीका प्रस्तावक राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुुँवर हुुनुुहुन्थ्यो ।

सभापति भट्टको उम्मेदवारका प्रस्तावकमा दीनानाथ शर्मा र समर्थकमा रमेशजङ्ग रायमाझी तथा सभापति रावलको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा अनिता देवकोटा हुनुहुुन्थ्यो । चारै सभापति यसअघिकै सोही समितिका सभापति हुनुहुन्छ ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुईदुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना हुनुहुन्छ ।

पुनः निर्वाचित सभापति बिडारी भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद हुनुहुन्छ । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १८ सदस्यको निर्वाचन गत माघमा भएको थियो ।

प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने राष्ट्रियसभाबाट राष्ट्रिय राजनीति र महत्वपूर्ण मुद्दामा सुझबुझपूर्ण भूमिका निर्वाह हुने विश्वास गरिन्छ ।

निर्वाचित चारमध्ये दुई पुरुष र दुई महिला सभापति हुनुहुन्छ । भूगोल र लैङ्गिक पक्षबाट समेत समावेशी चरित्र रहेको राष्ट्रियसभाले खेलेको भूमिका, यसले अघि बढाएको एकता, सहमति र सहकार्यको मूल्यमान्यता गौरव गर्नलायक रहेको भनी प्रशंसा हुँदै आएको छ ।

नवनिर्वाचित सभापति अनुभवी रहनुभएका हुनाले जनता र राष्ट्रको हितका विषयमा प्रखर रूपमा उत्रन सुझाव दिँदै सदस्यहरुले सफल कार्यकालका लागि शुभकामना र बधाई ज्ञापन गर्नुभयो ।

नवनिर्वाचित सभापतिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आइतबार शपथ लिएपछि पदभार ग्रहण गर्नुहुने छ । रासस


ताजा खबर